इजरायल र लेबनानबीच युद्धविराम सम्झौता

काठमाडौँ- अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएका छन् । तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदानको ‘पूर्ण समाप्ति’ बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ ।

दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको उल्लेख छ ।

युद्धविरामको घोषणा भए पनि त्यसअघि र पछिसमेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन् ।

हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको दाबी गरिएको छ । सम्झौता सार्वजनिक भएको केही घण्टापछि उत्तरी इजरायलमा ‘संदिग्ध हवाई लक्ष्य’ देखिएपछि हवाई आक्रमण चेतावनी जारी गरिएको थियो, यद्यपि कुनै हताहत भएको पुष्टि भएको छैन ।

वासिङ्टनमा भएको वार्ता लेबनानी र इजरायली प्रतिनिधिहरूबीच प्रत्यक्ष संवादको चौथो चरण भएको जनाइएको छ ।

दुवै पक्षले आगामी जुन २२ को हप्तामा पुनः वार्ता गर्ने सहमति पनि जनाएको छ, जसको उद्देश्य व्यापक शान्ति सम्झौतामा पुग्ने बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.