विपक्षीहरुले अबरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मलाई स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक पनि सुचारु हुन सकेन । विपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर प्रधानमन्त्रीले नेपाल-भारत सीमा अतिक्रमणको विषयमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ती जनाएका थिए ।
विपक्षी सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर सीमाको विषयमा दिएको अभिव्यक्ति सच्च्याउनुपर्ने अडान राखिरहे ।
सभामुखको पटक पटकको अनुरोधलाई पनि विपक्षी सांसदहरुले टेरेनन र विरोध जारी राखे । विरोधकै क्रममा विपक्षी दलका १-१ जना सांसदहरुले आफ्ना धारणा राख्दै प्रधानमन्त्रीको जवाफ मात्र मागेनन अर्थमन्त्रीले करको दर हेरफेर गरेको भन्दै राजीनामा माग गरे ।
काँग्रेसका निश्कल राई, एमालेका क्षितिज थेबे, नेकपाका महेन्द्र बहादुर शाही, राप्रपाकी खुश्वु ओली र श्रम संस्कृति पार्टीका हर्कराज राईले बोल्दै प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ सच्चाउन आग्रह गरेका थिए ।।






प्रतिक्रिया राख्नुहोस्