सुधन गुरुङको बारेमा प्राप्त छानविन प्रतिवेदन अध्ययन गरेर निर्णय लिन्छौँ: प्रवक्ता पोखरेल

काठमाडौ- सरकारले पूर्व गृह मन्त्री सुधन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गरेको छ। प्रतिवेदनको अध्ययन गरेर आवश्यक निर्णय लिइने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दनुभयो ।
यसैगरी, सरकारले विभिन्न चारवटा जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले तल्लो अरुण, लोअर म्यादी खोला , घुन्साखोला र ताँदी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्