बन्दसत्रको कार्यक्रम भोलि बिहान सम्मका लागि स्थगित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज नहुने भएको छ।
प्रतिनिधिहरूको अन्तिम नामावलीलगायतको तयारी नपुगेपछि आज हुने भनिएको बन्द सत्र स्थगित गरिएको हो ।
महाधिवेशन प्रतिनिधिहरुको नामावली रुजु गर्ने र प्रतिनिधि परिचयपत्र प्रिन्ट गर्ने कामले समय लिएकाले आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
रुजु गरिएका प्रतिनिधिको कार्ड प्रिन्ट गरी आज साँझदेखि वितरण सुरु गरिने र भोलि विहान ७ बजेसम्म सवै प्रतिनिधिको कार्ड वितरण गरी त्यसपछि बन्दसत्र सुरु गरिने प्रवक्ता झाले बताउनु भयो ।
झाका अनुसार प्रतिनिधिहरुको नामावली आज साँझ प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्