एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय

काठमाडौँ- विश्व फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सरकारको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चित कालिन प्रतिबन्ध लगाएको छ ।

फिफाले हिजो जारी गरेको पत्रमा नेपाललाई निलम्बन गरिएको उल्लेख छ । निलम्बनसँगै नेपालले फिफाबाट पाउँदै आएको अनुदान रोक्ने जनाएको छ ।

नेपालले फुटबल विकासका लागि फिफाबाट वार्षिक एक अर्बभन्दा बढी रकम अनुदान सहयोग पाउँदै आएको थियो । फिफाको अनुसार निलम्बनमा परेसँगै नेपालले अन्तर्राष्ट्रिय फुटबल तथा युथ फुटबल खेल्न नपाउनुका साथै पदाधिकारीको विदेश भ्रमण समेत रोक्का हुनेछ ।

एन्फामा अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको चार वर्षे कार्यकाल यही असार ५ गते सकिएको थियो । तर, नेम्वाङ पक्षको एन्फा नेतृत्वले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतको समेत अवज्ञा गर्दै अर्ली इलेक्सनको तयारी गरेपछि गत चैतमा राखेपले पनि एन्फालाई तीन महिना प्रतिबन्ध सहित कारबाही गरेर दुई महिनापछि तहगत निर्वाचन गर्नका लागि एन्फाको निलम्बन फुकुवा गरेको थियो ।

एन्फाले तहगत निर्वाचन गर्ने तयारी भने गरेको थिएन । यहीबिचमा विश्वकप फुटबल चलिरहेकै समयमा फिफाले एन्फालाई अनिश्चित कालीन निलम्बन गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.