स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु, १८ जना घाइते

स्याङ्जा- स्याङजामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ-७ का २५ बर्षीय राजेन्द्र बिरकट्टा रहेका छन । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन ।

जिल्लाको वालिङ नगरपालिका-७ बजरथुङ ताप्के डाडावाट १३ औँ दिनको पुन्य तिथिमा सहभागी भएर फर्कने क्रममा ताप्के नजिकै बीएए ७९०५ नम्बरको जीप अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने १३ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

घाइते सबैजनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.