नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।

उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.