गोरखामा पहिरोले पाँच तले पक्की घर भत्कियो, एक जना घाइते

गोरखा- गोरखामा पहिराले आज विहान एक घरमा पूर्ण क्षति भएको छ ।
अवरिल वर्षाका कारण गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गमा पहिरो जाँदा स्थानीय मानसिंह गुरुङको पाँच तले पक्की घर बगेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पाँच तले पक्की घर जगबाटै पहिरो गएर करिब २० मिटर तल पल्टिएर पूर्ण रूपमा क्षति भएको हो ।
पहिराले घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका–७, घर भएका ५८ बर्षीया टोखान महतो घाइते हुनुभएको छ ।
पहिरा गएका बेला घरभित्रै रहेका उहाँको तत्काल उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पु¥याइएको छ ।
घाइतेको अवस्था मध्यम रहेको डिएसपी श्रेष्ठले बताउनुभयो । उहाँको पेट र खुट्टामा लछारेको तथा ददारेको सामान्य चोट लागेको छ ।
पहिरालेसँगै जोडिएका कृष्ण देव महतोको चारतले पक्की घरमा समेत आंशिक क्षति पुुगेको छ ।।






प्रतिक्रिया राख्नुहोस्