रास्वपाले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी श्रावण २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने र तिनको सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
यसका लागि प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यमध्ये दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ। अभियानमा हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा सहभागी हुने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्