सुनसरी घटनाको छानवीनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

काठमाडौँ- नेपाली काँग्रेसले सुनसरीको देवानगञ्ज तथा कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्नका लागि स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको हो ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहिताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको भन्दै उहाँले सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको उल्लेख गर्नुभयो ।

साथै भदौ २३–२४ को घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले समेत आफ्नो प्रतिवेदन दिइसकेकोमा यसबारे सरकार मौन रहनु रहस्यपूर्ण भएको काँग्रेसको ठहर छ ।

त्यस्तै राहदानी खरिद प्रकरणमा सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न उठेको प्रवक्ता चालिसेले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.