सुनकोसी नदीमा हाम फालेका श्रीमान-श्रीमतीको अवस्था अज्ञात

काभ्रे- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी भइरहेको छ ।
बुधबार साँझ करिब ६ः३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।
बुधबार राति पनि सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि बिहीबार बिहानैदेखि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यद्यपी हालसम्म उनीहरुको अवस्था थाहा हुन सकेको छैन।
तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
सशस्त्र प्रहरीले र्यापबोट र ड्रोन क्यामेराबाट खोजी जारी राखेको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्