गोरखामा पहिरोले पेट्रोल पम्पमा क्षति, पाँच वटा मोटरसाइकल पुरिए

गोरखा-  गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ११ बाह्रकिलोस्थित गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागमा पहिरो जाँदा पेट्रोलपम्पमा क्षति पुगेको छ ।
पहिरोका कारण उक्त पेट्रोलपम्पको डिस्टेन्सर मेसिन र त्यहाँ पार्किङ गरी राखिएका पाँचवटा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विहीबार विहान पेट्रोलपम्पभन्दा ५० मिटर माथिबाट पहिरो खसेको थियो।
पहिरोका कारण पेट्रोलपम्पको डिस्टेन्सर मेसिन र पार्किङ गरिएका पाँचवटा मोटरसाइकल पुरिएको छन ।
पहिराबाट कुनै मानवीय क्षति भएको छैन । पहिराले पुरिएका मोटरसाइकलहरू बाहिर निकाल्ने तथा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.