सुशासनलाई प्राथमिकता दिँदै जनअपेक्षा अनुसारका सामाग्री पस्कन्छौँ: कार्यवाहक अध्यक्ष बस्न्यात

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालकी नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले नागरिकका अपेक्षा अनुसारका सूचना, समाचार र कार्यक्रमको उत्पादन तथा प्रसारणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ।

नवनियुक्त कार्यवाहक अध्यक्ष बस्न्यातले आज पदवहाली गर्दै राज्यका प्राथमिकता अनुसार पिएसबीले सुशासनलाई प्राथमिकता दिँदै जनअपेक्षा सम्बोधन गर्ने सामाग्री पस्कने उल्लेख गर्नुभयो ।

उहाँले चुनौतिकाबीच पनि अवसरको उपयोग गर्दै सार्वजनिक सेवा प्रसारण  नेपाल टेलिभिजन र रेडियो नेपालका समाचार र कार्यक्रमका विषयवस्तु तथा प्रविधिमा महत्वपूर्ण सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यवाहक अध्यक्ष बस्न्यातलाई सार्वजनिक सेवा प्रसारण नेपाल, कार्यालय परिसरमा स्वागत गर्दै कामु प्रशासकीय अधिकृत आरती चटौात ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पिएसबी राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो ।

गत असार ३२ गतेको सूचना तथा सञ्चार मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक सेवा प्रसारण संस्था पिएसबीको सञ्चालक समिति बैठकको अध्यक्षता गर्ने गरी सदस्यमा नियुक्त बस्नेतलाई  यही असार २१ गतेबाट लागु हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.