कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत फेला

काठमाडौँ- कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत भेटिएका छन् ।

गत शुक्रबारदेखि हराइरहेका उनी आइतबार मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

यसअघि उनले प्रयोग गरेको मोटरसाइकल शनिबार भेटिएपनि उनको अवस्था भने अज्ञात नै थियो। तर प्रहरीसहितको टोलीले खोजि थर्ने क्रममा आइतबार उनको शब मोटरसाइकल नजिकै फेला पारेको हो।

ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म सञ्चालन गर्ने तयारी गरिरहेका सिंहले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.