तोलामा १२ हजार भन्दा धेरैले घट्यो सुनको मुल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला रु २२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम थियो ।।






प्रतिक्रिया राख्नुहोस्