गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन

गुल्ली-   भौतिक पुर्वाधार तथा यातायात भन्त्री सुनिल लम्सालले गुल्मी अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा उहाँले लामो समय सम्म पनि निर्माण व्यवसायीले काम नसकेको भन्दै ठेक्का तोड्न स्थलगत निर्देशन दिनु भएको छ ।

२ वर्षमा बन्नु पर्ने अस्पताल पाँच वर्ष सम्म पनि नबनेको भन्दै उहाँले तत्काल ठेक्का तोडन निर्देशन दिनु भएको हो । गुल्मी अस्पताल २०७८ असार १८ गते स्वछन्द जेभि बानिया कम्पनीले २०८० असार १७ सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । अस्पतालको लागत रकम २५ करोड ९५ लाख ६४ हजार रहेको छ ।

पटक पटक म्याथ थप गर्दा पनि अस्पताल निर्माण सम्पन्न नभएपछि जिल्ला बासी निराश छन भने सेवाप्रवाहमा समेत समस्या भएको छ । पछिल्लो पटक पुन: भदौ ३१ गते सम्म पुन म्याथ थप गरिएको छ भने ९२ प्रतिशत भौतिक प्रगति अस्पतालको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.