पहिरोका कारण विपी राजमार्ग अवरुद्ध

काभ्रे- काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको छ ।
आज बिहान करिब ४ बजे वर्षाका कारण लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउन पहल गरिरहेको छ ।
रातिको बर्षाले पहिरोको जोखिम भएको भन्दै स्थानीय प्रसाशनले यात्रुहरूलाई प्रहरीसँग अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।।






प्रतिक्रिया राख्नुहोस्