मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु

मकवानपुर– मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट भिमफेदीतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रोबस दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।
१५ जना सवार रहेको विद्युतीय माइक्रोबस आज विहान करिब ६ बजेको समयमा दुर्घटनामा परेको हो । काठमाण्डौबाट भिमफेदीतर्फ जाँदै गरेको सो माइक्रोबसमा मधेस प्रदेश ०३-००१-ज ०८८० नम्बर लेखिएको भएपनि पूरा नम्बर स्पष्टसँग देखिएको छैन ।
माथिबाट खसेपछि माइक्रोबस कच्याकुचुक हुँदा गाडी नम्बर राम्रोसँग नदेखिनेगरी कोरिएको र च्यातिएको पाइएको छ । सडकबाट करिब ५ – ७ सय मिटर तल खसेर भएको दुर्घटनामा ३ जना महिला, २ जना बालबालिका, र ५ जना पुरुष गरी १० जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा ५ जना घाइते भएका छन । तीमध्ये २ जना पुरुष र २ जना बालबालिका गम्भिर घाईते रहेको र १ जना पुरुष मध्यम घाईते रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हाल हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दधार गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्