कवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ- नेपालीनेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने भएको छ ।

उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । विसं १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वाराजनकवि’को उपाधि हासिल गर्नुभएको थियो । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभासद् हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.