रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ।
पार्टी कार्यालय बनस्थलीमा बसिरहेको बैठकमा आगामी स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण, योजना, कार्यक्रम तथा अभियान लगायत विषयमा छलफल भइरहेको पार्टीका महामन्त्री विपीन आचार्यले जानकारी दिनुभएको छ ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने तालिका छ ।
यसैगरी रास्वपाले आफ्नो स्थापनाकालदेखि नै उठाउँदै आएको जनप्रतिनिधि फिर्ता बोलाउन पाउने अधिकार ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल गर्ने जनाएको छ ।
बैठकमा केन्द्रीय समिति सदस्य र पदाधिकारीहरूको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिको गठन र सदस्य मनोनयन लगायत विषषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
बैठकमा पार्टीको आगामी योजना, कार्यक्रम तथा अभियान सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्