रसुवा टिमुरेमा ड्यिुटी मा खटिइएका टोली बाढीपछि सम्पर्कविहीन

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्यिुटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठुलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठुलो क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो । “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्यिूटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्