भोटेकोशीमा पानीको बहाव बढ्यो, सुरक्षित रहन अनुरोध

काठमाडौं– रसुवा जिल्लाको भोटेकोशीको शिरमा ताल बनिरहेको र त्यसबाट भरिएर पानी बाहिर आउन थालेको छ ।

अहिले नै नेपाल तर्फ पानीको ठूलो बहाव बढेको छैन तर सतर्क रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले सो जानकारी दिनुभएको हो । यो सूचना गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पुष्टि गरेको छ ।

वरिष्ठ डिभिजनल जलविज्ञ विनोद पराजुलीले तालबाट पानी बाहिरिन थालेको र भोटेकोशीमा पानीको बहाव बढेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.