कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी भदौ २८ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूको सहभागिता रहनेछ।

बैठकमा भोटेकोशी बाढीपछिको राहत पुन:स्थपना विषयका साथै, पार्टीको समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने जनाइएको छ।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.