भारी वर्षाका कारण कांग्रेसको महाधिवेशन दुई दिनपछि असोज १८ गतेका लागि सर्यो
काठमाडौं — नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सारेको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने जानकारी दिएका छन्।
यसअघि उद्घाटन समारोह असोज १६ गते हुने तय थियो।
भारी वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ।
ती अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया पूरा गर्न समय लाग्ने अवस्थालाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोहको मिति सारिएको कांग्रेसले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्