पूर्व प्रधानमन्त्री नेपाल र पूर्व मन्त्री रिजाललगायत ९७ जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ- पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व मन्त्री डा. मिनेन्द्र रिजाललगायत ९७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०६६ सालमा रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा विराटनगरमा रहेको सरकारी सार्वजनिक सम्पत्ति सट्टापट्टा गरी बिक्री गर्न दिने निर्णय मन्त्रीपरिषदबाट गराएको आरोप आयोगले लगाएको हो ।

आयोगले नेपाल र रिजालसहित ९७ जना विरुद्ध मुद्दा दायर गर्नुकासाथै प्रतिवादीहरुबाट ७३ करोड ४९ लाख रुपैयाँ मागदावी समेत गरेको छ ।

कम्पनीले २०३२ सालमा फलफूल उद्योगकालागि सुनसरी र मोरंग जिल्लामा राख्न पाएको हदबन्दीभन्दा बढी जमीन शर्त विपरित प्रयोग गरेको भन्दै सरकारले २०४८ सालमा जफत गरेको थियो ।

मोरङ्गमा रहेको जमिन बदनियतपूर्ण तरिकाले सट्टापट्टा गरी बिक्री गर्न दिने निर्णय गरी सरकारलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्‍याएको आयोगले जनाएको छ ।

मुद्दा दायर गरिएकाहरुमा तत्कालीन सचिव, सहसचिव, उपसचिव तथा अन्य कर्मचारीसमेत रहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.