दानबहादुर कार्कीको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौँ- नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कार्कीलाई आईजीपीबाट हटाएको विषयमा बुधबार सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले अन्तरिक आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ ।
१८ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा गर्दै आईजीपीमा मनोज केसीलाई नियुक्ति गरेको थियो ।
डेढ वर्ष कार्यकाल बाँकी रहेका कार्की पुनर्बहाली माग गर्दै सर्वोच्च अदालत पुग्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्