काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सकियो, निर्णयहरु शनिवार सार्वजनिक गर्ने

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ। बैठकमा महामन्त्री प्रदीप पौडेलले पेश गर्नुभएको विभिन्न ६ वटा प्रस्तावमाथि लिखित तथा मौखिक सुझावहरु प्राप्त भएपछि  ती सुझावहरु समेतलाई समेटेर प्रस्तावहरु पारित भएका छन ।

तर बैठकका निर्णयहरु भने काँग्रेस केन्द्रीय कार्यालयमा तीन जना महामन्त्रीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर भोलि शनिवार सार्वजनिक गर्ने निर्णय भएको पार्टीका सहमहामन्त्री मनोजमणि आचार्यले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

बैठकमा भएका छलफल र सदस्यहरुले दिएका सुझावहरुलाई समेत समेटेर सभापति गगन थापाले निर्णयहरुलाई अन्तिम रुप दिनुभएको र सबै निर्णयहरु तीन जना महामन्त्रीहरुले शनिवार सार्वजनिक गर्न समेत सभापति थापाले रुलिङ गर्नुभएको सहमहामन्त्री आचार्यले बताउनुभयो ।

नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न तथा वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीलाई नहटाउन सरकारको ध्यानाकर्षण गराउने लगायतका निर्णयहरु गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.