कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
काठमाडाै- नेकपा (माओवादी केन्द्र) ले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ।
माओवादी संसदीय दलकाे आज विराटनगरमा बसेको बैठकले नेपाली कांग्रेस केदार कार्की नेतृत्वमा रहेको कोशी सरकारबाट बाहिरिने निर्णय गरिएकाे संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिनुभयाे।
पार्टीबाट सरकारमा सहभागी हुनुभएका मन्त्री राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेतीले आजै पदबाट राजीनामा दिने तयारी रहेकाे छ ।।
प्रतिक्रिया राख्नुहोस्