नागरिक उन्मुक्ति पार्टीकी सांसद गिरी पदमुक्त

काठमाडौ- नागरिक उन्मुक्ति पार्टी नाउपाकी सुदूरपश्चिम प्रदेश सभाकी सांसद इन्दिरा गिरी पदमुक्त हुनु भएको छ ।

सभामुख भीम भण्डारीले नाउपाले गिरीको पार्टीले उहाँलाई फिर्ता बोलाएको जानकारी गराएको भन्दै  गिरी पदमुक्त भएको सूचना निकाल्नु भएको हो ।

‘नागरिक उन्मुक्ति पार्टीको पत्रबाट प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखको निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेको थियो ।

सुदूरपश्चिमा सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा नाउपा भित्र विवाद रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.