संकटमा रुद्राक्ष व्यवसाय !

संखुवासभा- विश्वव्यापी कोरोना महामारीका कारण संखुवासभामा यो वर्ष रुद्राक्ष व्यवसाय संकटमा परेको छ ।

लकडाउन र निषेधाज्ञाका कारण रुद्राक्ष खरिद गर्ने व्यापारी चीनबाट आउन नसक्दा संखुवासभामा मात्रै फलेका २ अर्ब  भन्दा बढीको रुद्राक्ष बिक्री नभएपछि यहाँका किसान मारमा परेका हुन ।

खाँदबारी ढुंगेधाराका इश्वर खत्रीको बगानमा गतबर्षको भन्दा धेरै रुद्राक्ष फलेका छन् ।

टिप्ने बेला भइसक्दा पनि ८० बोटमा लगाइएको रुद्राक्ष रुखमै छ । समय घर्कीसक्दा पनि खत्री जस्तै अरु किसानले पनि रुद्राक्ष झारेका छैनन् ।

बिशेषगरी, साउन र भदौमा टिपेर बिक्री भइसक्नुपर्ने रुद्राक्ष कोरोना महामारीले सिर्जित समस्याका कारण अहिलेसम्म रुखमै राख्नु परेको कृषक खत्री बताउनुहुन्छ ।

चीनबाट पनि रुद्राक्ष किन्ने व्यापारी अहिलेसम्म आएका छैनन् । सामन्यतया, सानामुख अर्थात ५ र ६ मुखे रुद्राक्ष चीन निर्यात हुने गरेको थियो ।

लटरम्म फलेका रुद्राक्ष

गत वर्ष रुद्राक्ष व्यापारबाट राम्रो आम्दानी गरेका  व्यवसायी यो वर्ष भने करोडौंको लगानी डुब्ने हो की भन्ने चिन्तामा छन् ।

कोरोना भाइरस संक्रमणका कारण चिनियाँ व्यापारी आउने सम्भावना निकै कम छ । रुद्राक्ष खरिद गर्न गत वर्ष सय भन्दा बढी चिनियाँ व्यापारी संखुवासभा आएका थिए ।

त्यसबेला संखुवासभामा मात्रै झण्डै दुई अर्बभन्दा बढीको रुद्राक्षको कारोबार भएको रुद्राक्ष ब्यवसायी संघ संखुवासभाका अध्यक्ष चक्र बिसुंखे बताउनुहुन्छ ।

धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने तथा बजार मुल्य पनि राम्रै पाउने भएपछि खेतीयोग्य जमिन मासेर रुद्राक्ष खेती लगाएका कृषक अब के गर्ने भन्ने अन्यौलमा छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.