गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सम्वन्धि  विवादमा अन्तरिम आदेश जारी गर्दै  अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत विरुद्ध काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गर्नु भएको  रिटमाथि सुनुवाई गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

संविधानको धारा १८६ तथा १८८ का साथै गण्डकी प्रदेश सभामा विश्वास/अविश्वासको मतमा कति मत हुनुपर्ने हो भनेर  व्याख्या हुनुपर्ने देखिएको उक्त विषय निरूपण नहुँदासम्म प्रदेश सरकारको नियमित कार्य सञ्चालन बाहेक प्रदेशलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न नगराउन आदेशमा भनिएको छ । अर्को सुनुवाईका लागि जेठ ८ गतेका  लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.