सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल सहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निर्देशन पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेलले आपसी मिलेमतो तथा योजनामा सुरक्षण मुद्रण सम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम सुरक्षण मुद्रण विकास समितिबाट स्वीकृत गराउनुपर्नेमा समितिमा पेस नगरी आफैँले बजेट माग गरी आर्थिक अनियमितता गरेको आरोपमा आयोगले उनिहरुविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।
पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एण्ड हार्डवेयर एण्ड रिलेटेड इक्विप्मेन्टस् अन्तर्गत एउटा मात्र प्रिन्टिङ प्रेस खरिद गर्नुपर्नेमा आवश्यकताभन्दा बढी दुई वटा प्रिन्टिङ प्रेस खरिद गरेको, कम क्षमताको डाई कटिङ मेसिन खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारण बिना २० गुणा बढी क्षमताको आवश्यकता नै नदेखिएको मेसिन खरिद गरेको आरोप आयोगले लगाएको छ ।
उनिहरुबाट भुक्तानी भएको रु.४०,७५,५७,७४० (चालीस करोड पचासी लाख चौहत्तर हजार सात सय चालीस रुपैयाँ) असुल उपर गर्नुपर्ने आयोगले दावी गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्