सार्वजनिक प्रसारण सेवा विधेयकबारे छलफल

काठमाडौँ– नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्दा यसको स्वामित्व र टेलिभिजनमा आवद्ध सञ्चारकर्मी पत्रकारहरुको सरोकारलाई केन्द्रमा राख्नुपर्ने सुझाव नेपाल टेलिभिजनका सरोकारवालाहरुले व्यक्त गरेका छ्न् ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा भएको डिजिटल युगमा सार्वजनिक टेलिभिजनको रुपान्तरण विषयक कार्यशाला एवम् अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मी पत्रकारहरुले सार्वजनिक सेवा प्रसारणको निर्धारण स्वामित्व, लगानी र, व्यवस्थापनले निर्धारण गर्ने भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले सरकारले सार्वजनिक प्रसारण विधेयक संसदबाट पारित गर्न प्रकृया अघि बढाईरहेको सन्दर्भमा नेपाल टेलिभिजन र रेडिय‍ो नेपालले संयुक्त रुपमा आफ्ना सरोकार समेट्न पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रपन्धक फूलमान वल तामाङले विधेयक पारित भएको अवस्थामा र त्यसपछि पनि टेलिभिजनका कर्मचारीहरुको सेवा सुविधामा सम्झौता नहुने बताउनुभय‍ो ।

कार्यक्रममा सञ्चारप्रविधि विज्ञ डा शुधाम्शु दाहालले वर्तमान डिजिटल युगमा सार्वजनिक टेलिभिजनको चूनौती र अवसरहरुबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यशालामा नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपक जंग हमालले कार्यशालामा प्राप्त सुझावहरुलाई विधेयक छलफल उपसमिति समक्ष बुझाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.