जनप्रतिनिधि नै तुइनको भरमा

हुम्ला- पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्नासाथ दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने घोषणा गर्नुभएको थियो । जहाँजहाँ तुइन छन् ती ठाउँमा झोलुङ्गे पुलमार्फत तुइन विस्थापन गर्ने  पहिलो घोषणा उहाँले गर्नुभएको थियो ।

घोषणा गरेको नौ वर्ष बितिसक्दा पनि हुम्लाका जनप्रतिनिधिदेखि स्थानीयहरु जोखिम मोलेर गाउँपालिका केन्द्र पुग्न तुइनबाटै आउजाउ गर्न बाध्य छन् ।

हुम्लाको सर्केगार्ड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की गाउँबाट पालिका केन्द्र आउजाउ गर्न तुइन नै चढेर आउजाउ गर्छन।

उपाध्यक्ष कार्की मात्रै नभई हुम्लाको रिप गाउँका स्थानीय कर्णाली नदीमा झोलुङ्गे पुल नहुँदा तुइनबाटै वारपार गर्न बाध्य छन् ।

गाउँपालिका केन्द्रमा काम भएको बेला सामान ल्याउनुपर्ने समय तुइनबाट वारपार गर्न बाध्य भएको सर्केगाड गाउँपालिका-२ रिप गाउँकी गीता कार्कीको भनाइ छ ।

तुइनबाट सामान तार्न खोज्दा ६ बन्डल जस्तापाता नदीमा खसेर बगेको अनुभव कार्की सुनाउनुहुन्छ । नदी भन्दा पारी सडक भएकाले गाडी चढ्न तुइन तरेर जानुपर्ने बाध्यता रहेको सर्केगाड गाउँपालिका-२ की सुरी फडेराको भनाइ छ ।

‘गाउँपालिका काम परिहाल्छ झोलुंगे पुल नै छैन तुइनबाट आउजाउ गर्नुपर्छ’ फडेराले नेपाल नेपालटिभीअनलाइनसँगको कुराकानीमा बताउनुभयो । ‘नदीबाट सडक पुगेको छ नदी वारी हामी छौँ, गाडी चढ्न मन लाग्छ झोलुंगे पुल निर्माण भइदिएको भए हामीहरुलाई राहत हुने थियो’ फडेराको भनाइ छ ।

झोलुङ्गे पुल रिपको कर्णाली नदीमा निर्माण नहुँदा जनप्रतिनिधिदेखि स्थानीयहरु तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.