प्रदेश ५ को राजधानी दाङको देउखुरी, नाम लुम्बिनी

बुटवल- अढाई वर्षको लामो अभ्यासपछि अन्ततः प्रदेश नम्बर पाँचको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभाको बैठकमा पेश भएको छ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको बैठकमा नाम लुम्बिनी र राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग क्षेत्र प्रस्ताव गर्नुभएको छ ।

नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा २ बमोजिम शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेश नम्बर पाँचको नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव गरिएको छ । साथै धारा २८८ को उपधारा २ बमोजिम दाङ्गको राप्ती गाँउपालीका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले चर्चेको राप्ती नदि किनारको मैदानी भागलाई स्थायी राजधानीको लागि प्रस्ताव गरिएको छ ।

सो प्रस्ताव पेश गर्दै मन्त्री कुलप्रसाद केसीले पहिचानका हिसावले नायकत्व हासिल गर्न सक्ने प्रदेशका रुपमा रहेको प्रदेश पाँचका जनताको चाहाना र भावनालाई सम्बोधन गर्ने तथा सपना साकार पार्ने उद्देश्यले लामो कसरतपछि प्रदेशको नाम र स्थायी राजधानी छनौट गरि प्रस्ताव गरिएको बताउनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सर्वाधिक बलिदानीपूर्ण इतिहास बोकेको प्रदेश पनि रहेकोले सबैको पहिचानलाई सम्मान गर्ने कुरालाई आत्मसात गर्दै प्रदेशबासी जनताको एकताका लागि सकारात्मक प्रयास स्वरुप प्रदेश सरकार यो निर्णयमा पुगेको मन्त्री केसीले बताउनुभयो ।

यसअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नामाकरण र राजधानीका विषयमा सहमति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.