छानविन समिति नबने प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची अघि बढ्दैन-महामन्त्री थापा

काठमाडौँ- नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति नबने भोलि (सोमबार) प्रधानमन्त्रीले विश्वासको मत लिने संसदको कार्यसूचि अघि बढ्न नदिने भएको छ ।

काँग्रेस महामन्त्री गगन थापाले आज पत्रकार सम्मेलनमार्फत सरकारलाई दलहरुबीच सहमति बने अनुसार भोलि संसदको बैठक अघि छानविन समिति बनाउन आग्रह गर्नुभएको हो ।

महामन्त्री थापाले गृहमन्त्रीको आजको संसदको भाषणले छानविन समिति गठन गर्ने कुरामा पुन: प्रश्न उठेको तर काँग्रेसले समस्याग्रस्त सहकारीको नाम किटान गरी टिओआर बनाएर मात्र समिति बनाउने अडान नछाड्ने बताउनुभयो।

सूर्यदर्शन सहकारीबाट गृहमन्त्रीले ऋण लिएको प्रमाण देखाउँदै नेपाली काग्रेसका महामन्त्री थापाले संसदीय छानविनको अडान पुन: दोहोर्‍याउनु भएको हो ।

गृहमन्त्री रवि लामिछानेले संसदमा संवोधन गर्ने क्रममा संसदलाई बहकाउने मात्र काम गरेको बताउनु भएको छ ।

महामन्त्री थापाले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय आफुले नभइ संचार माध्यम र सहकारीले उठाएको र न्यायका लागि संसदीय छानविन समिति गठनको अडान लिएको बताउनु भयो ।

सरकारमाथि नै प्रश्न उठेपछि संसदीय समिति छानविनको माग गरेको बताउनु भयो ।

गृहमन्त्री लामिछानेको संलग्नताको आरोप लागे पछि अनुसन्धान प्रभावित हुन सक्ने भएकोले व्यक्तिको नाम तोकेर संसदीय छानविनकको आवश्यकता देखिएकोले अडान लिएको बताउनु भयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.