अष्ट्रेलियाको सहयोगमा केयूमा प्राज्ञिक क्षमता अभिवृद्धि कार्यक्रम
काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको भाषा तथा आम-संचार विभाग (Department of Languages and Mass Communication) ले यही मेई १८ देखि मेई २५ सम्म प्रभावकारी अन्तराष्ट्रिय शैक्षिक आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
यो कार्यक्रम विश्वविद्यालयमा कार्यरत अंग्रेजी विषयका सह-प्राध्यापक डा. काशिराज पाण्डेको संयोजनमा भएको हो ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोगमा तथा अस्ट्रेलियाबाट विभिन्न विषयमा विज्ञता हासिल गरेर नेपाल फर्केका अलम्नाइ संस्था, ANAA सँगको सहकार्यमा भएको यस कार्यक्रमा कर्टिन विश्वविद्यालय, अस्ट्रेलियाबाट आउनुभएका डा. केटलिन मालिङ र डा. पेर हेनिंग्सगार्डले शिर्जनशील (कविता) तथा शैक्षिक (अनुसन्धान) लेखन लगायतका विभिन्न विषयमा प्रस्तुतीहरु दिनुभएको थियो ।
उहाँहरुको एक हप्ताको नेपाल बसाइमा विश्वविद्यालयमा पिएचडी गर्दै गरेका विद्यार्थीहरुहरूसँग उनीहरुको प्राज्ञिक लेखनमा छलफल भएको थियो भने जर्नल लेखन र यसका लागि लेखिएका लेखहरु सम्पादन, अंग्रेजी विषयको पाठ्यक्रम समिक्षा लगायत सांस्कृतिक र आपसी सद्भाव आदान-प्रदानका कार्यक्रमहरु पनि समावेश भएका थिए ।जसले अस्ट्रेलियाली र नेपाली शैक्षिक समुदाय बीचको बहसलाई अझ अगाडि बढाइदिएको कार्यक्रमका संयोजक डा पाण्डेले बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्