कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बिहान १०बजे बैठक बस्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.