धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी, काठमाडौंमा तापक्रम ३३ डिग्री नाघ्‍यो

काठमाडौं- कैलालीको धनगढी उपमहानगरको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । आज मापत गरेको तापक्रमले हिजो मापन गरिएको रेकर्ड ब्रेक गरेको हो ।

दिउँसो मापन गरिएको रेकर्डअनुसार हिजो बुधबार ४३.३६ डिग्री सेल्सियसको रेकर्ड थियो । आज ४४ डिग्री नाघेको कार्यालयका मौसमविज्ञान सहायक सिंगल चौधरीले बताउनुभयो । मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र आज ४४ दशमलव १ डिग्री मापन भएको छ ।

मौसमविज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि आज बढी तापक्रम मापन भएको जानकारी दिनुभयो।

उहाँले सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो। बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको हो ।

यसैगरी काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उहाँले बताउनुभयो ।

मौसमविद् मानन्धरले उहाँले भन्नुभयो, “नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ ।”

आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.