दुई अर्बको भ्यूटावरलाई प्रादेशिक अस्पताल बनाउन माग

झापा- झापाको दमकमा झण्डै दुई अर्ब बजेटमा निर्माण सम्पन्न भ्यूटावरलाई प्रादेशिक अस्पतालको रुपमा संचालन गर्न माग गरिएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीलाई एक ज्ञापन पत्र बुझाउँदै नेकपा माओवादी केन्द्र दमक नगर कमिटिले सो माग गरेको हो ।

दमककमा एक लाख फलफुलको विरुवा रोपाईं अभियानमा जनयुद्धका शहिद राजेन्द्र पोखरेलको घरमा बृक्षारोपण गर्न पुग्नु भएका मन्त्री कार्की समक्ष ज्ञापन पत्र बुझाउँदै व्यापरिक केन्द्र सहितको १८ तले भ्यूटावरलाई अस्पताल बनाउन माग गरिएको छ ।

कार्याक्रममा मन्त्री कार्कीले दमकको भ्यूटावरलाई कसरी उपयोग गर्ने भन्ने स्थानीयको जनचासो रहेको अवस्थामा प्रादेशिक अस्पतालकोरुपमा लाने संभावना अध्ययन गरी नीति कार्याक्रम र बजेटको विषयमा छलफल गरिने बताउनु भयो ।

यस्तै उहाँले फलफुको विरुवा रोप्दै शहिद बनेका छोराको सम्झनामा छोरालाई जस्तै माया गरी फलफुलको जर्गेना गर्न अनुरोध गर्नु भयो । उहाँले शहिद र घाइते परिवारको स्वास्थ्य उपचारमा थप सुविधा ल्याउने गरी नीति बनाउने बताउने बताउनु भयो ।

शहिदकी आमा कृष्ण कुमारी पोखरेलको जेठा छोरा राजेन्द्रको २०६० साल माघ ११ गते धादिङमा भएको भिडन्तमा २५ बर्षको उमेरमा देहान्त भएको थियो । उहाँको श्रीमान र भएका छोरा गुमाए पछि हाल छोरीसँग बस्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.