दाङमा अटो र मोटरसाईकल ठोक्किंदा दुईजनाको मृत्यु

दाङ- दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिनुभयो ।

विहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा विहीबार राति मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका- २ कुमलगडी स्थित कुमलगडीबाट तुलसीपुर तर्फ जादै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट आउँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर ७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । चालक थापाको नेपालगञ्जमा उपचार भइरहेको छ । मोटरसाइकल तीब्रगतिमा गुड्दा दुर्घटना भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.