इटहरीका स्कूलमा खाजा विवाद

सुनसरी- इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा खुवाउन थालेको खाजा कार्यक्रम विवादमा तानिएको छ ।

बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजा कम गुणस्तर र कवुल अनुसार नखुवाएको इटहरीका उप्रमुख सगिंता चौधरीले अरोप लगाउनु भएको छ ।

दिवा खाजा कार्यक्रमका अनुगमनकर्ता समेत रहनुभएका उपप्रमुख चौधरीले ठेकेदार समिर कार्किले नियम विपरित खाजा गुणस्तरहीन खाना खुवाएको भन्दै अनुमगन समितीवाट राजिनामा समेत दिनु भएको छ ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षादेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । त्यसमा इटहरीले थप रकमको विनियोजन गरेर ६५ रुपैया पुर्‍याएको थियो ।

इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि ५ करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.