नेपाल टेलिभिजनकी प्रमुख निर्माता सापकोटा सम्मानित

काठमाडौँ – स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनकी प्रमुख निर्माता नीता सापकोटा सम्मानित हुनु भएको छ ।

विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयद्वारा शुक्रबार आयोजित कार्यक्रममा पत्रकार सापकोटालाई उक्त पुरस्कार प्रदान गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसीना खानले  ५० हजार नगद सहित  पत्रकार सापकोटालाई उक्त सम्मान प्रदान गर्नु भयो ।

टेलिभिजन कार्यक्रमको निर्माण मार्फत स्वास्थ्य सम्वन्धी जनचेतना अभिवृद्धि गर्न योगदान पुर्याएकोमा  उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

प्रमुख निर्माता सापकोटाले नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको जनस्वास्थ्य वहस कार्यक्रम चलाउँदै आउनु भएको छ ।

हरेका वर्ष विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा मन्त्रालयले व्यक्तिगत  र संस्थगत रुपमा पुरस्कार प्रदान गर्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.