हावाहुरीले घर भत्किंदा च्यापिएर एकजनाको मृत्यु

दाङ- दाङमा शनिबार बेलुका आएको हावाहुरी सहितको पानीले घर भत्किँदा एक जनाको च्यापिएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१२ रजेना निवासी ७० वर्षीय कुलबहादुर नामले चिनिने भगवान केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खत्रीको परिवारमा तीनजना रहेका थिए । तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र रहेको र हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उहाँको मृत्यु भएको हो ।

उहाँकी श्रीमती भने सकुशल रहेको तुलसीपुर उपमहानगरपालिका- १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो । हावाहुरीले जिल्लाका केही घरका छाना समेत उडाएको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.