गिरीबन्धु प्रकरणमा ओलीको जवाफ ‘बालेनलाई सोध्नू’

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न पर्ने जवाफ दिनु भएको छ ।

सोमबार संसद् भवन परिसरबाट बाहरिने क्रममा पत्रकारहरुले सोधेको गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा  अध्यक्ष ओलीले ‘बालेनलाई सोध्नु’ भन्ने जवाफ फर्काउनु भएको हो ।

सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले  केपी ओलीलाई १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन न्युरोडको सडक फेरी बनाउन लगाएर  गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गर्न खोजेको धारणा सार्वजनिक गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.