ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी, सबै सकुशल

दिल्लीको तुगलकाबाद र ओखलाबीचको ताज एक्सप्रेसको तीन डिब्बामा ठूलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएको छ ।

डिसिपी रेलवेका अनुसार सोमबार साँझ पौने पाँच बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थियो । जानकारीअनुसार घटनास्थलमा छ वटा दमकल पुगेका थिए । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटक वा क्षति नभएको बताइएको छ ।

घटनापछि डिसिपीले भनेको छ, “घटनास्थलमा ताज एक्सप्रेस ट्रेनको तीन डिब्बामा आगो लागेको थियो । घटनापछि रेल रोकियो । यात्रीहरू अन्य डिब्बामा गएकाले कोही घाइते भएका छैनन् । ”

आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । तथापि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.