लुम्बिनी सरकारले पायो पूर्णता

दाङ- लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । १२औँ मन्त्रीका रुपमा कृष्णा केसी नियुक्त हुनुभएको छ । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागवण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको थियो ।

मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को ‘क’बाट निर्वाचित कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गर्नु भएको छ । उहाँको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो ।

मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैले राख्नु भएको थियो ।

नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको सपथग्रहण गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । स्वतन्त्रबाट १ जना मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.