लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा सत्तारुढ गठबन्धन अगाडि

काठमाडौँ- भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ।

आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८ सिटमा अगाडि रहेका छन्। पछिल्लो अपडेट परिणामका लागि क्युआर कोर्ड स्क्यान वा यहाँ क्लिक  गर्नुहोस 

काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४ सिटमा, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबै आफ्नो निर्वाचन क्षेत्र क्रमश राय–बरेली र वनारसमा अगाडि छन्। राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहेका छन् ।

उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४ सिटमा अगाडि रहेको छ।
छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।

आन्ध्र प्रदेशको १ सय ७५ विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधानसभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ । 

Party Wise Results Status

Party Won Leading Total
Bharatiya Janata Party – BJP 20 224 244
Indian National Congress – INC 4 94 98
Janata Dal (Secular) – JD(S) 2 0 2
Shiv Sena (Uddhav Balasaheb Thackrey) – SHSUBT 1 9 10
Aam Aadmi Party – AAAP 1 2 3
Hindustani Awam Morcha (Secular) – HAMS 1 0 1
Nationalist Congress Party – NCP 1 0 1
Samajwadi Party – SP 0 34 34
All India Trinamool Congress – AITC 0 29 29
Dravida Munnetra Kazhagam – DMK 0 22 22
Telugu Desam – TDP 0 16 16
Janata Dal (United) – JD(U) 0 12 12
Nationalist Congress Party – Sharadchandra Pawar – NCPSP 0 7 7
Shiv Sena – SHS 0 6 6
Lok Janshakti Party(Ram Vilas) – LJPRV 0 5 5
Yuvajana Sramika Rythu Congress Party – YSRCP 0 4 4
Rashtriya Janata Dal – RJD 0 4 4
Communist Party of India (Marxist) – CPI(M) 0 4 4
Indian Union Muslim League – IUML 0 3 3
Jharkhand Mukti Morcha – JMM 0 3 3
Janasena Party – JnP 0 2 2
Communist Party of India (Marxist-Leninist) (Liberation) – CPI(ML)(L) 0 2 2
Viduthalai Chiruthaigal Katchi – VCK 0 2 2
Communist Party of India – CPI 0 2 2
Rashtriya Lok Dal – RLD 0 2 2
Jammu & Kashmir National Conference – JKN 0 2 2
United People’s Party, Liberal – UPPL 0 1 1
Asom Gana Parishad – AGP 0 1 1
Kerala Congress – KEC 0 1 1
Revolutionary Socialist Party – RSP 0 1 1
Voice of the People Party – VOTPP 0 1 1
Zoram People’s Movement – ZPM 0 1 1
Biju Janata Dal – BJD 0 1 1
Shiromani Akali Dal – SAD 0 1 1
Rashtriya Loktantrik Party – RLTP 0 1 1
Bharat Adivasi Party – BHRTADVSIP 0 1 1
Sikkim Krantikari Morcha – SKM 0 1 1
Marumalarchi Dravida Munnetra Kazhagam – MDMK 0 1 1
Aazad Samaj Party (Kanshi Ram) – ASPKR 0 1 1
Apna Dal (Soneylal) – ADAL 0 1 1
AJSU Party – AJSUP 0 1 1
All India Majlis-E-Ittehadul Muslimeen – AIMIM 0 1 1
Independent – IND 0 7 7
Total 30 513 543

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.