गढी किल्लाको संरक्षण गर्न चियाबारी सिन्धुलीगढी पदयात्रा

सिन्धुली – सिन्धुलीको चियाबारी देखि सिन्धुली गढीसम्म पदयात्रा गरिएको छ ।

नेपाली सेनाको श्री मध्य पुर्वि पृतना हेडक्वाटर अन्तरगत रहेको श्री नं. ९ बाहिनी अड्डा तथा सिन्धुली जिल्लामा तैनाथ रहेको श्री भवानीबक्स गणको आयोजनामा सिन्धुली जिल्लामा क्याप्टेन किनलक मार्ग पदयात्रा गरिएको छ । ऐतिहासिक गढी तथा किल्लाहरुको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यका साथ क्याप्टेन किनलकले सिन्धुली गढी आक्रमण गर्दा प्रयोग गरेको मध्यको एक मार्गमा सेनाले पदयात्रा गरेको हो ।
नेपाल एकिकरणका बेला वि. सं. १८२४ मा सिन्धुलीगढीको युद्धमा काठमाण्डौ कब्जा गर्न ईष्टइण्डिया कम्पनिका क्याप्टेन किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई नेतृत्वमा रहेको गोर्खाली सेनाले परास्त गरेका विभिन्न स्थानहरुसँग परिचित गराउन पदयात्रा भएको हो ।

बिर पुर्खाहरुको वीरताका गाथाहरुलाई स्मरण गराउने तथा आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ “सिन्धुलीको सान गढीहरुको पहिचान” नारा सहित सिन्धुलीको चियाबारी देखि ढुङग्रेभन्ज्याङ हुदै सिन्धुलीगढीसम्म करिब ८ कि.मि.को दुरीमा पदयात्रा गरिएको थियो । कमलामाई नगरपालिकासँगको सहकार्यमा संचालन गरिएको यस कार्यक्रममा जिल्लाका सुरक्षा निकायहरु, सरकारी तथा गैर सरकारी कार्यलय, निर्वाचित पदाधिकारीहरु, सिन्धुली जिल्ला उध्योग बाणिज्य संघ, राष्ट्रिय सेवा दल तथा वहिरा स्कुलका बालबालिकाहरु, स्थानिय बासिन्दा, सिन्धुली कला घर लगाएत पत्रकार महासंध सहित करिब ५५० जना व्यक्तिहरुको उपस्तिथीमा बाजगाजा सहित भब्यताका साथ कार्यक्रमा संचालन गरिएको थियो । सिन्धुलीगढीका अनुसन्धान तथा खोजकर्ता सागर कुमार ढकालका अनुसार वीर पुर्खाहरुको अदम्य साहस र वीरताका कारण नेपाल राष्ट्रको अस्तित्व राखिएको स्थान सिन्धुलीगढीनै हो । वि.स १८२४ मा इस्ट इण्डिया कम्पनिका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेज फौजलाई बंशु गुरुङको नेतृत्वको गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेको ईतिहासकार बताउछन् ।

नेपाली वीरहरुको अगाडी हातहतियारले सु-सज्जित र कसैसँग पराजित नभएको अंग्रेज फौजलाई समेत सिन्धुलीमा पराजित गर्न सफल भएको गौरवमय ईतिहास बर्तमान तथा भावि पुस्तालाई समेत प्रत्यक्ष जानकारी दिदै हाम्रो ईतिहासलाई पुस्तान्तरण गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको नेपाली सेनाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.