सरकारले लोकप्रिय कामहरु गरिरहेको छ: मन्त्री शर्मा
काठमाडौँ- नेकपा माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनता माझ जानका लागि सामाजिक संघ सस्थाको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।
पार्टी कमिटिको समाज कल्याण विभागद्धारा आयोजित दुई दिने सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको समापन समारोहलाई संवोधन गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले जनयुद्धमा पार्टीले नै सामाजिक संघ सस्थाको काम गरेको तर, शान्ति प्रक्रिया पछि जनता माझ पुग्नका लागि समाज कल्याण विभाग मार्फत काम गरिरहेको बताउनुभयो ।
उहाँले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लोकप्रिय कामहरु गरिरहेकाले त्यसलाई समाजमा स्थापित गर्न भूमिका निर्वाह गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा देशभरीबाट तीन सयभन्दा बढी नेता कार्यकर्ताको सहभागीता थियो । कार्यक्रम ‘न्यूनतम एक पालिका एक सामाजिक संस्था’ काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।






प्रतिक्रिया राख्नुहोस्